पोखरा २९ असार । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि शपथ ग्रहण नै प्रभावित भएको छ। साँझ ६ बजेका लागि निर्धारण गरिएको शपथ ग्रहण राति ८ बज्दा समेत सुरु भएको छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशअनुसार नियुक्त गरेको भन्ने भाषा उल्लेख गरेपछि देउवाले भाषा सच्याउन माग गर्दै शपथ लिन अस्वीकार गरेका छन्। मुख्य सचिव शंकरदास वैरागीलाई देउवाले फोनमार्फत विज्ञप्ति सच्याउन भने पनि राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि विवादले चर्को रुप लिएको हो।
देउवाले शपथ अस्वीकार गर्दा पनि भण्डारीले भाषा सच्याउन आनाकानी गरेपछि केहीबेर अन्योल सिर्जना भएको थियो। त्यसपछि दलका शीर्ष नेताहरुले अहिले राष्ट्रपतिलाई भेटेर छलफल गरिरहेको कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-