काठमाडौं २९ असार । रौतहट, देवाही गोनाही नगरपालिका-४ लालबकैया बाँधस्थित सडकमा ना.४ त १५०७ नम्बरको ट्याक्टर अनियन्यत्रित भई सडकबाट करिब १८ फिट तल पल्टिएर सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-४ बस्ने २० वर्षीय कबिन्द्र प्रसाद पटेल लगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि नेशनल मेडिकल अस्पताल वीरगंज पठाइएको छ
बारा, कलैया उपमहानगरपालिका-२५ सिसहनिया चोकमा ना.४ ख ६९६ नम्बरको ट्रकले र ना.४७ प ८३४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-६ बैलबास बस्ने ४० वर्षीय नरेन्द्र सिंहको सोमबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-