काठमाडौं २९ असार। आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिंदै छन् । प्रधानमन्त्रीको सपथ संगै सानो मन्त्री मण्डल समेत गठन गर्ने तयारीमा बिहानदेखि जुटेका छन् ।

शेरबहादुर देउवाको मन्त्री मण्डलमा माधव नेपाल, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा अहिले नजाने भएपछी नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समावेश हुने भएको छ । माओवादी केन्द्रबाट अहिले दुईदेखि तीन जना मात्र मन्त्री मण्डलमा जाने भएका छन् भने नेपाली कांग्रेसबाट पनि अहिले दुई तीन जना मात्र समावेश हुने तयारी भएको छ ।
नेपाली कांग्रेसबाट अहिले स्वास्थ्यमन्त्रीका लागि गगन थापाको चर्चा चुलिएको छ । सामाजिक संजालदेखि नेपाली कांग्रेस भित्र गगन थापालाई अहिले स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेका छन् । कोभिड संग लड्न गगन थापाले दिएका सुझावहरुले राम्रो प्रतिक्रिया पाएको कारण अहिले स्वास्थ्यमन्त्रीमा गगन थापा उपयुक्त हुने तर्क सहित गगन थापालाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्ने माग गरिरहेको पाईएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-