पोखरा २९ असार । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको समय आज साँझ ५ बजे सकिँदैछ।

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री बन्नेछन्। सर्वोच्चले देउवाको पक्षमा फैसला सुनाएसँगै उनी पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्।
देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी समेतलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्।
त्यसकाविरुद्ध देउवाको नेतृत्वमा प्रतिनिधि सभाका १४६ जनाले रिट दायर गरेका थिए। अन्य रिट पनि दायर गरेका थिए। १४६ जनाको रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै रिटमा माग भए बमोजिम सोमबार अदालतले परमादेश जारी गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-