जनकपुरधाम २८ असार। सिरहा प्रहरीले इटालियन पेस्तोलसहित गोलबजार नगरपालिकाबाट दुईजनालाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० बस्ने २६ बर्षीय रामकुमार यादव र २२ बर्षीय रुपेश यादव छन् ।
शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट इटालियन पेस्तोल एक थान, म्यागेजिन १ थान र टाइप ७७ लेखिएको गोली २ राउण्ड बरामद भएको बुढाथोकीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-