काठमाडौं २८ असार । नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा.भीम रावल पनि सहभागी भएका छन् ।
आजको बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । मंगलबार बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुनेछ ।
स्थायी कमिटीको बैठकले आइतबार रातिको १० बुँदे पार्टी एकता सम्बन्धी सहमतिलाई अनुमोदन गर्ने भने पनि सबै नेताहरूसहितको औपचारिक बैठक राख्ने र त्यसबाट अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउनेबारे छलफल चलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-