काठमाडौं २८ असार । रूपन्देही, मोरङ, महोत्तरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रूपन्देही, तिनाउ गाउँपालिका २ सिस्नेरीस्थित सडकमा लु २ त २५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खोल्सामा खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ दोभान बस्ने ३८ वर्षीय दुर्गा बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ट्याक्टरका सहचालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
मोरङ, सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित सडकमा को १ ख ७८२९ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बसमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन कटेलको आइतबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, गौशाला नगरपालिका ५ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार औरही नगरपालिका ४ कबिलासा बस्ने २३ वर्षीया निसा साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-