काठमाडौं २८ असार । कास्की, पोखरा महानगरपालिका ३२ खुदी खोला र ताल खोलाको दोभानमा सोही ठाउँ बस्ने धादिङ घर भएका ७६ वर्षीय टंक प्रसाद रिजाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पर्सा, वहुदरमाई नगरपालिका ६ गमहरीया बस्ने ६५ वर्षीय नगिना साह कानु आइतबार मृत अवस्थामा फेला परेका छन् । ट्वाइलेट गर्न गएको धेरै समयसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि ५ सय मिटर टाढा माछापोखरीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरास्थित राखिएको कन्टेनरभित्र हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, ईटहरी उपमहानगरपालिका १३ खिरखिरिया टोलस्थित बाटोको छेउमा हाल नाम, थर, वतन, नखुलेकी ६० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-