पोखरा २८ असार । गण्डकी प्रदेशमा अहिले १ लाख ४ हजार ९ सय ९५ परिवार भूमीबिहिन रहेका छन् ।
भूमी दलित ७ हजार ९ सय ५८, भूमी बिहिन सुकुम्बासी ७७ हजार ६९, बिगतका अधुरा कार्याको ७ हजार २ सय ९६ रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग केन्द्रीय सदस्य एक बहादुर रानाले जनाए ।
कास्कीमा २१ हजार ७ सय ४१ परिवार, नवलपुरमा ३३ हजार ६ सय ३५ अहिलेका भूमी बिहिन र ३ हजार ७ सय पहिलाका भूमी बिहिन रहेका छन् । तनँहुमा २६ हजार ७ सय ७५ परिवार पहिला छुटेका ६ सय १२ परिवार भूमी बिहिन रहेका छन् ।
स्याङ्जामा १ हजार १ सय ८३, लम्जुङमा १ हजार २ सय ४५, पर्वतमा ८ सय ८ परिवार, गोरखामा ४ हजार ३ सय ३०, पुराना २२ परिवार भुमीबिहिन रहेको रानाले सुनाए । मनाङमा ३ सय ७९, बाग्लुङमा ५ हजार २३, म्याग्दीमा ९ सय ३१, पुराना १ सय ८१ र मुस्ताङमा १ हजार ६ सय ५१ भूमी बिहिन रहेका छन् ।
पछिल्लो समायमा भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमी बिहिनको तथाङ्क संकलन गरेको छ । उनीहरुलाई अबको २ वर्षभित्र लालपुर्जा दिने भूमि सम्बन्धी समस्या समाधान आयोगको योजना रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-