एजेन्सी । भारतस्थित राजस्थानको राजधानी जयपुरसहितका राज्यका कयौं जिल्लामा आइरतबार भीषण वर्षा भयो। चट्याङका कारण राज्यमा कम्तिमा २० जनाको मृत्यु भएको छ।

जयपुरको उत्तरमा ११ जनाको मृत्यु त्यस समयमा भयो जब उनीहरु मोबाइलबाट सेल्फी खिचिरहेका थिए।
जतिबेला यो दुर्घटना भयो त्यतिबेला उनीहरु आमेर किल्लाको वाच टावरको माथि पानीमा मोबाइलबाट सेल्फी खिचिरहेका थिए।
दुर्घटनाको समयमा करिब २७ जना मानिस किल्लाको छतमा र पर्खालमा थिए। जब चट्याङ पर्यो तब केहीले माथिबाट हामफालेका थिए। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार मर्नेमा धेरैजसो युवा छन्।
अन्तर सिंह नेहराले बीबीसीसँग भने, ११ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् जसको उपचार सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा जारी छ।
प्रतिक्रिया लेख्नुहोस्:-