काठमाडौं : सोमबार (असार २८ गते) बिहान ९ः३० बजे मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट शुक्रबार सम्पन्न भइसकेको छ ।

२० लाख ३६ हजार २४५ जना आवेदकले २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् जुन सर्वसााधारणबाट माग भन्दा ७३.१० गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्ने यसअघि बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-