पोखरा २६ असार । लायन्स क्लब अफ पोखरा इष्ट टाउनले पोखरा–२९ स्थित लेखनाथ भ्यू पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष चिरन्जीवी न्यौपानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि पोखरा–२९ का वडा अध्यक्ष चेत बहादुर गुरुङले स्थापनको छोटो अवधिमा नै क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

क्लबका प्रथम उपाध्यक्ष आनन्द राज पोख्रेलले स्वागत मन्तब्य राख्दै क्लबका आगामी कार्ययोजनाहरु समेत प्रस्तुत गरेका थिए । लेखनाथ भ्यू पार्कका उपभोक्ता समिति अध्यक्ष एवं समाजसेवी सुबेदार चन्द्र बहादुर गुरुङले सो पार्कको संरक्षण एवं विकासमा सबैको सहयोग आवश्यक पर्ने बताए ।
यसैगरी कार्यक्रमका विशेष अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बि१ का जोन ४४ का जोन चेयरपर्सन लायन देवी तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष लायन सन्तोष भुर्तेल लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिब प्रदीप पोख्रेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-