गोरखा २७ असार । भिमसेन थापा गाउँपालिका ७ माझगाँउस्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद २६ लाख रुपैयाँ र १ थान सिपीयू शनिबार बिहान चोरी भएको छ ।
उक्त कार्यालयको च्यानल गेटे र गेटभित्रको ढोकाको ताला र सेफ फोडी उक्त धनमाल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बोर्लाङबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-