महोतरी २७ असार । जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो ।

शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-