कास्की २७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित गरिएको छ । आइतबार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले कार्यकर्ता पोस्न करोडौं रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै तथ्यसत्य बाहिर नआउँदासम्म बैठक चल्न नदिने एमालेले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-