एजेन्सी । पछिल्लो २४ घण्टाभित्र विश्वमा ७ हजार २४१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० लाख ४२ हजार २२५ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ज्यान गुमाउने संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ उक्त अवधिमा एक हजार १७२ जनाको मृत्यु भएको छ। ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजार ९४९ पुगेको छ।
त्यस्तै भारतमा गत २४ घण्टाभित्र ८९९ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाबाट मृत्यु हुनेको कूल संख्या चार लाख आठ हजार ७२ पुगेको छ।
यसैगरी इन्डोनेसियामा ८२६, रसियामा ७५२, कोलम्बियामा ५६७, अर्जेन्टिनामा ३५३, दक्षिण अफ्रिकामा २६५, मेक्सिकोमा २१७, ट्युनिसियामा १९४, बंगलादेशमा १८५, इरानमा १५१, चिलीमा १३१ तथा अमेरिकामा ११६ जनाको मृत्यु भएको तथ्यांक छ। यीबाहेक अन्य देशमा पनि कोरोना संङ्क्रमणबाट हजारौंको मृत्यु भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-