पोखरा २७ असार । पोखरा छोरेपाटन १७ बेलघारीको प्रगतिशील टोल सुधार समितिको अध्यक्षमा सागर गिरी चयन भएका छन । समितिको टोल सुधार समितिका अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तोष अधिकारी, दोस्रो उपाध्यक्ष खडग ब. थापा र तेस्रो उपाध्यक्ष सरस्वती गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी सचिबमा गोपाल अधिकारी सह सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा गोबिन्द अधिकारी, सह कोशाध्यक्षमा नरमाया श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यमा भरत अधिकारी , सुनिता परियार, दुर्गा श्रेष्ठ, मिनराज पौडेल ,सुनिता खडका र सुमित्रा लामा चयन भए ।
प्रतिक्रिया लेख्नुहोस्:-