जुम्ला २५ असार । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षले जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ । सिंजा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष ५५ वर्षीय कालीबहादुर बुढा र उनका छोरा ३० वर्षीय नवीन बुढाले जातीय विभेद गरी गालीगलौज गरेको भन्दै पीडित पक्षले २५ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएको हो ।
आरोपित दुवै जनाले स्थानीय सोही वडाका ३५ वर्षीय विवेन्द्र नेपालीलाई गालीगलौज गरेर जातीय विभेद गरेको भन्दै दलित अधिकारकर्मीले कानुनी कारबाही माग गरेका छन् । उनीहरूले प्रहरीले जाहेरीसमेत लिन ढिलाइ गरेको बताएका छन् ।
वडाध्यक्षले ६ असारमा विवेन्द्रलाई फोन गरी ‘तँ साले कुकुर, तेरो बाउले हालेको हो योजना रु भनी मेरो विषयमा टिप्पणी गर्ने तँ को होस्’ भनेर तथानाम धम्की दिई ममाथि विभेदपूर्ण व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-