एजेन्सी । तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् ।
यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन ।
तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् ।
दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् ।
इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ ।
यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक एरिनले यो खबरलाई खण्डन गर्र्दै पोस्ट अहिले पनि अफगान बलको हातमा भएको दाबी गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-