काठमाडौं । कोरोना भन्दा भयानाक हुँदै भोकमरीका कारण प्रत्येक मिनेटमा ११ जनाले ज्यान गुमाइरहेको सार्वजनिक भएको छ ।

बेलायत स्थित परोपकारी संस्था अक्सफामले सार्वजनीक गरेको रिपोर्टले कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने भन्दा भोकमरीले मृत्यु हुनेको संख्या बढेको बताएको हो ।
यस बर्ष विश्वका ५५ देशमा करिब १५ करोड ५० लाख मानिस भोकमरी र गरिबिको चरम अवस्थामा पुगेका छन् । गत, वर्ष २ करोड मानिसमात्रै यो अवस्थामा पुगेका थिए ।
यस्तै भोकमरीकै कारण प्रति मिनेट ११ जनाले ज्यान गुमाइरहेका कुरा अक्सफामको रिपोर्टमा उल्लेख छ । जुनकी कोरोना भाइरसको महामारीले प्रति मिनेटमा ७ जनाले ज्यान गुमाइरहेका छन् ।
भोकमरी बढ्नुको मुख्य कारण कोरोना भाइरसको महामारी, द्धन्द्ध र जलवायु परिवतर्न भएको रिपोर्टमा उल्लेख छ । यसभन्दा पनि भयावह अवस्था आउन सक्ने भन्दै संस्थाले तत्काल विश्व शक्तिहरुलाई यसविरुद्ध लाग्न आह्वान गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-