दमौली २५ असार। बाढी–पहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् ।

एउटै वडामा ४८ सहित ७२ घर बाढी–पहिरोबाट विस्थापित भएका हुन् । बन्दीपुर–२, खहरे, धारापानी, वडा नम्बर–३, रामकोट र वडा नम्बर–५, कल्चोकमा बाढी–पहिरोले ७२ घर विस्थापित भएका हुन् ।
बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । उनका अनुसार धारापानीमा १२ घर, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-