काठमाडौं २५ असार । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप चीनबाट आज नेपाल आइपुग्दै छ ।

नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज भेरोसेलको ८ लाख डोज पहिलो खेपमा आज ल्याइदैछ ।
निगमका अनुसार चालक दलका १२ सदस्यसहित चीन गएको थियो । वाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।
सरकारले सरकार–सरकार जिटुजी मार्फत चीनबाट खोप ल्याउन लागेको हो। जहाजले असार २५ गते खोप ल्याउने छ। यस्तै असार ३१ गते पुन: बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुन: जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।
प्रतिक्रिया लेख्नुहोस्:-