असार २४, लेखनाथ । रोट्रयाक्ट क्लब अफ लेखनाथले पोखरा–२७ मा अवस्थित श्रीकृष्ण प्रणामी बृन्दाबन धाममा खाद्यान्न सामग्री एवं स्टेशनरी सामान सहयोगस्वरुप प्रदान गरेको छ ।

क्लवका पुर्व अध्यक्ष एवं रोटा बर्ष २०२१–२०२२ का क्लब सल्लाकार सुजन न्यौपानेको शुभ–जन्मोत्सवको अवसरमा उक्त सहयोग गरेको हो ।
न्यौपानेले जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग गर्न पाउँदा गौरव महशुस गरेको भन्दै आगामी दिनमा अझै थप सहयोग गर्ने वताए ।
अध्यक्ष गोपि तिवारीले क्लबको उद्धेश्यनै समाजमा यस्तै सहयोग गर्दै क्लबका सदस्य बिच भाइचारा गराउनु रहेको बताए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी बृन्दाबनका अध्यक्षले क्लबले गरेको कार्य बाट आफु निकै खुशी भएको तथा बालबालिका हरुलाई अनलाइन प्रबिधीबाट अध्यन गराउन मुस्किल भैरहेको वताउँदै केही थान कम्प्युटर आबश्यक रहेको कुरा जानकारी गराए ।
क्लवका अध्यक्ष गोपि तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत अध्यक्ष सल्लाहकार अर्जुन भण्डारीले र कार्यक्रमको सञ्चालन सचिब प्रभात न्यौपानेले गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-