काठमाडौं । आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका कम्पनीले लागि २०७४ असोज २० गते बोर्डमा आवेदन दिएको मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ मूल्य अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीले चुक्तापुँजीको कुल २० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-