पोखरा २४ असार । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आजै साँझ ७ बजे फेरि बस्ने गरी बैठक सकिएको हो।
बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले आन्तरिक तयारी गर्नको बैठकबाट अहिले निस्किएको बताए। ‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’, उनले भने,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’
प्रतिक्रिया लेख्नुहोस्:-