पोखरा २४ असार । पोखरा २३ डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम फुटेको छ । केही भाग पहिलो नै भत्तकन सुरु गरेको ड्याम गएरातिको वर्षका कारण भत्किएको हो ।

उक्त ड्याम निर्माण कार्या बलियो नभएको भन्दै स्थानिय स्तरबाट बिरोध उठेको थियो । निर्माण भएको दुई वर्ष नपुग्दै ड्यामको जगदेखी नै भत्तकेको छ । सिल्टेसन ड्याम पिके जेभी कन्स्ट्रक्सनले निर्माण गरेको थियो । अघिल्लो वर्ष खहरे खोलामा निर्माण भएको सिल्टेसन ड्याममा अघिल्लो वर्ष नै केही क्षती पुगेको थियो ।
पोखरा २३ का वडा सदस्य भरतराज भण्डारी निर्माण कै समयमा गुणस्तहिन काम भएको भन्दै विरोध गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-