काठमाडौं २४ असार । सरकारले आज चीनबाट भेरोसेल खोपको पहिलो मात्रा डोज ल्याउँने भएको छ । अर्को हप्तादेखि लगायन सुरु गरिने उक्त खोप ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ ।

५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो ।
सरकार–सरकार ९जिटुजी० मार्फत चीनबाट खोप ल्याउन निगमको जहाज आज चीन उड्ने भएको छ । शुक्रबार खोप नेपाल आईपुग्ने छ ।
यस्तै असार ३१ गते पुन: बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुन: जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-