तनहुँ २३ असार । तनहुँमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा तनहुँ एक्लेफाँटका मोटरसाइकल चालक ३१ वर्षीय दुर्गा भुजेललको घटनास्थलमै मृत्यु भएको हो ।
यसै गरी मोटरसाइकलमा सवार स्थानीय १७ वर्षीय साजन भुजेल घाइते भएका छन् । घाइतेको आँबुखैरनीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
आँबुखैरिनीतर्फ गइरहेको ना६ख ६११८ नम्बरको ट्रकको पछाडि लु८प ८३५३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-