पर्वत २३ असार । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित तीन जना सवार गाडी बाढीले बगाएको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार तीन जना बेपत्ता भएका पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।
‘राति करिब ११ बजे खोला पार गर्ने क्रममा उहाँहरुलाई बाढीले बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी खत्रीले बुधबार बिहान नेपालखबरसँग भनिन्, ‘रातिदेखि नै बेपत्ता यात्रु र गाडीको खोजी भइरहेको छ। तर, अझै फेला पार्न सकिएको छैन।’ प्रजिअ खत्री, डिएसपी शिवराज बुढाथोकीसहितको टोली अहिले घटनास्थलमै छ। सुरक्षाकर्मी र स्थानीयबासी बिहानैदेखि बेपत्ताको खोजीमा जुटेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-