एजेन्सी, २२ असार । रुसको वेपत्ता विमान फेला परेको छ । दुर्घटनाग्रस्त विमानको केही टुक्रा फेला परेको पाइएको छ ।
कोही पनि जिवित भेटिएका छैनन् शवको उद्धार कार्य जारी रहेको बताइएको छ । २८ यात्रु बोकेको एएन २६ विमान रुसको पूर्वोत्तर कामचाट्का क्षेत्रमा वेपत्ता भएको थियो ।

विमान पेट्रोपाभलोभ्स्क कामाचाटस्काईबाट पालानातर्फ उडेको थियो । पालानाको एयरपोर्टबाट केही किलोमिटर टाढा विमान दुर्घटनाग्रस्त भएको पाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-