मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएका छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझ ६ः१५ बजेसम्ममा सो बराबरको आवेदन परेको हो ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ । निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।
इच्छुक लगानीकर्ताले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-