टोकियो — मध्यजापानको सिजुको जिल्लामा शुक्रबार रातिदेखिको भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा २० जना हराएका छन् । सिजुको जिल्लाको अतामी गाउँमा बाढीले एक दर्जन घर बगाएको जनाइएको छ ।
घर बगेपछि २० जना बेपत्ता भएका हुन् । अधिकारीहरूले शनिबार बिहानदेखि हराएका उनीहरूको खोजी कार्य जारी रहेको जनाएका छन् । प्रहरी अधिकारीले हराएकाहरूको खोजी भइरहेहको भए पनि उनीहरू जिउँदै भेटिने सम्भावना निकै नै कम रहेको बताएका छन् ।
सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । वर्षा तथा बाढीका कारण अतामीका साथै नजिकैका गाउँका हजारौं मानिस प्रभावित भएको जनाइएको छ ।
त्यस्तै, जापानको मध्यक्षेत्र सिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिस पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ । पहिरो प्रभावित क्षेत्रमा पुन: पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-