काठमाडौं १९ असार । नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ ।
पार्टी अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा शुक्रबार र सनिबार बसेको १३ औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८























प्रतिक्रिया लेख्नुहोस्:-