२०८३ भदौ २८, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

किसानले बिक्री गर्न नसकेका कृषि उपज गण्डकी प्रदेश सरकारले खरिद गरिदिने

गण्डकी प्रेस
असार १९, २०७८ २०:०० मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
कोभिड प्रभावित व्यवसायी उकास्न गण्डकीमा जीवन रक्षा कोष निरन्तर
68
SHARES
Share on FacebookShare on Twitter

पोखरा १९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कृषि उपज बिक्रीका लागि समर्थन मूल्य तोकी बिक्री हुन नसकेको कृषिजन्य उत्पादन प्रदेशले खरिद गर्ने बताएका छन् । सिलिंगे कृषि उत्पादक सहकारी संस्था लिमिटेडले शनिबार आयोजना गरेको कृषि औजार तथा सामग्री हस्तान्तरण कार्यक्रममा उनले यो योजना कार्यान्वयनका लागि निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गरिने बताए ।
उनले सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकासलाई प्रदेश सरकारले प्राथमिकतमा राखिएको बताए । उनले भने,‘एक सहकारी–एक उत्पादन कार्यक्रमलाई प्रवद्र्धन गर्न बजेटमा आवश्यक व्यवस्था गरिएको छ ।’
विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट र ब्लक क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले उल्लेख गरे ।
भू–बनोट र सम्भाव्यताको आधारमा आलु खेती, चैते धान, सुन्तला, कागती, अलैंची, कफी, मरिच, सितल चिनी, म्याकेडेमिया नट्स, चेस्ट नट्स, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
पशु, फलफूल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिँदै गाई, भैंसी तथा बाख्राको नश्ल सुधार गरी उत्पादकत्व बृद्धि गर्न स्रोत केन्द्रको विकासलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने,‘अन्नबाली, तरकारी, फलफूल तथा घाँसका स्वस्थ विरुवा उत्पादनका निम्तिप्रविधियुक्त नर्सरी स्थापना गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको छ ।उनका अनुसार स्याउ उत्पादनमा आत्मनिर्भर हुन हिमाली जिल्लामा उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
कृषि उद्यमशीलता अभिवृद्धि गर्न नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपन्छी बिमा ल्याइएको सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रम पनि सरकारले अगाडि सारेको भनाइ राखे । उनले भने, ‘बाँझो तथा खेतीयोग्य जमीनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यवसायिक खेतीलाई प्रोत्साहन गर्ने योजना सरकारको छ ।’
उनले भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि पशुखोप कार्यक्रम सञ्चालन गरिने बताए । मुख्यमन्त्री पोखरेलले भौगोलिक सूचना प्रणाली मार्फत भू–उपयोगको तथ्यांक अद्यावधिक गरी प्रदेशस्तरीय भू–उपयोग योजना तयार गर्ने, सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न लागिएको जानकारी उनले गराए ।
उक्त अवसरमा हाते ट्रयाक्टर, डिजिटल तराजु, सिँचाइ पाइप, हजारी, थोपा सिंचाइका लागि सामग्री किसानलाई हस्तान्तरण गरिएको छ । करिब ४७ लाख बराबरका सामान किसानलाई प्रदान गरिएको सहकारी अध्यक्ष शैलेन्द्रमोहन भट्टराईले बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले ग्रामीण भेगकका नागरिकको आर्थिक समृद्धिका लागि सहकारीलाई अगाडि सार्नुपर्ने बताए । अहिले प्रदेशमा सरकारको नेतृत्व फेरिएसँग जनअपेक्षा पनि बढेको भनाइ राखे ।
प्रदेश सभा सदस्य तथा अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले किसानलाई उकास्न प्रदेश सरकार र प्रदेश सभा सदस्य सधैं क्रियाशील रहेको भन्दै अब कृषिलाई उद्यमका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले किसानहरु अहिले प्रविधिमैत्री भएको भन्दै त्यस अनुसारको उत्पादन गरी राष्ट्रिय अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।
कांग्रेस कास्की सचिव देवेन्द्र रानाभाटले किसानलाई उद्यमशील बनाउन सहकारीको भूमिका उल्लेखनीय रहेको भनाइ राखे । सहकारीकी सल्लाहकार कोपिला रानाभाटले महिलाहरुलाई समेटेर अगाडि बढाउन सहकारीले उल्लेख्य भूमिका खेलेको बताइन् ।
कृषि ज्ञान केन्द्र कास्की प्रमुख शालिग्राम भट्टराईले कृषितर्फ पनि बेलैमा ध्यान दिन आग्रह गरे । उक्त अवसरमा पोखरा २६ का वडाध्यक्ष नारायण अधिकारीले शुभकामना व्यक्त गरेका थिए । सहकारीका सचिव सूर्यप्रकाश बञ्जाराले नगरपालिकाको २६ देखि ३३ गरी ८ वटा वडा कार्यक्षेत्र रहेको सहकारीमा १ हजार १ सय सदस्य रहेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गगत कृषि ज्ञान केन्द्र कास्की र सिलिंगे सहकारीको साझेदारीमा ती सामग्र्री हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
खेलकुद

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

छाङ्गेली नेवाः खल समाजको रक्तदान कार्यक्रम, ५७ युनिट संकलन