काठमाडौं १९ असार। कोरोना महामारीका निर्माण कार्या ढिलो भएके कारण राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सक्न थप ६ महिना लाग्ने भएको छ ।
असार मसान्तभित्र सक्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण यो आयोजना निर्धारित समयमा पूरा हुन नसकेको आयोजनाको भनाइ छ । चालू आर्थिक वर्षमा विमानस्थल निर्माणको कामले गति लिए पनि कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलले जानकारी दिए ।
निषेधाज्ञाको समयमा काम नरोकिए पनि ५०० जनाले काम गरिरहेकामा घटेर २०० जनाले माग काम गरिहेका थिए । आयोजनामा ३०० जना हाराहारी चिनियाँ जनशक्ति आवश्यक भए पनि निषेधाज्ञाका कारण १६६ जनाले मात्र काम गरिरहेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-