काठमाडौं १८ असार । क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका १० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका ४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रजिनले सर्लाही लालबन्दी नगरपालिका ७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका २ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो ।
साथै प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनि प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको छ ।
प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-