गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी गतिविधि तथा घटनाहरू

नवलपरासी पूर्व : सवारी दुर्घटनामा १ जनाको मृत्यु
मिति २०७८।०३।१८ गते ०९:४० बजे जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका(१५ प्रगतीनगर स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना५च ३४२८ नं।को दुध बोक्ने गाडीले पैदल यात्री ऐ बस्ने वर्ष ५८ को तारा प्रसाद अधिकारीलाई ठक्कर दिँदा घाइते भई उपचारकोलागि भरतपुर तर्फ पठाईएकोमाउपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई गाडि र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसनधान भईरहेको ।
तनहुँ: खोलाले मानिस बगाएको
मिति २०७८।०३।१८गते ०७: ०० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका(९माझफाट बस्ने वर्ष ८० को नर बहादुर बिष्ट घर नजिकै रहेको कलेष्टी खोला तर्ने क्रममा पानीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटी गई खोजी कार्य भईरहेको ।
मनाङ: वन लसुन सहित १ जना पक्राउ
मिति २०७८।०३।१८ गते अन्दाजी १०:३० बजे जिल्ला मनाङ चामे गाउँपालिका ३ छितीपुर स्थित जिल्ला गोरखा घर भई हाल ऐ।स्थीत टेक बहादुर गुरुङको जग्गा भाडामा लिई घर बनाई बस्ने वर्ष अन्दाजी ४२ को कान्छा भन्ने माईला गुरुङले सोही घरमा अवैध रुपमा वन लसुन लुकाई छिपाई राखेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई २९ के।जि। ९१० ग्राम वन लसुन सहित निजलाई नियन्त्रणमा लिई घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।
बाग्लुङ: सवारी दुर्घटना
मिति २०७८।०३।१८ गते अन्दाजी ०८:५५ बजेको समयमा जिल्ला बागलुङ जैमीनी नगरपालिक ९ स्थित सरादेबाट बाग्लुङ सदरमुकाम तर्फ जाँदै गरेको लु२च २७१० नं।को पिकअप जिप ओरालो झर्ने क्रममा गाडिको टायर चिप्लीन गई सडक देखी अन्दाजी १० मिटर तल खस्दा दुर्घटना हुदाँ उक्त जिपमा सवार ५ जना मध्ये जिल्ला बाग्लुङ जैमीनी नगरपालिका ९ सरादे बस्ने वर्ष ५२ की टिका देबी शर्मा र ऐ।बाग्लुङ नगरपालिक ११ रायडाँडा बस्ने वर्ष १८ को प्रेम थापाघाइते भएको, अन्य सकुशल रहेको, घाईतेहरुलाईउपचारको लागि धौलागिरी अस्पताल बाग्लुङ पठाईएको,घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसनधान भईरहेको ।
तनहुँ: बाढीले कृषी फार्म क्षती
मिति२०७८।०३।१८ गते बिहान ०६:३०बजे जिल्ला तनहुँ भानु नगरपालिका ४ चुदी स्थित ऐ। बस्ने बिनय कायस्थको नेवा कृषी तथा पशु फार्म प्राईभेट लिमिटेडमा चुदीखोलामा आएको बाढीपस्दा उक्त फार्मभित्र रहेको बोइलर कुखुराको चल्ला ८००० वटा,लोकल कुखुरा ४००० वटा,माछा अन्दाजी २१००० वटा बगाइ क्षती भएको भन्ने खबर प्राप्त हुनासाथउक्त स्थानमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको ।
प्रतिक्रिया लेख्नुहोस्:-