बैंकक । कोभिड १९ विरुद्धको खोप लगाएका विश्वभरका मानिसलाई थाइल्यान्डले पर्यटन खुला गरेको छ । झन्डै १५ महीनापछि थाइल्यान्डको प्रमुख पर्यटकीय थलो फुकेटले खोप लगाएका मानिसलाई क्वारेन्टिनरहित रुपमा पर्यटन खुला गरेको जनाएको हो ।
बिहीबार अबुधाबीबाट पहिलोपटक एक यात्रुवाहक जहाज फुकेटमा अवतरण गर्यो । दोहा, तेलअभिभ र सिंगापुरबाट गरी ४०० पर्यटक उक्त दिन थाइल्यान्ड पुगेका छन् ।
सीएनएनसँग कुरा गर्दै थाइल्यान्डका पर्यटनमन्त्री पिफाट राचाकीप्रकरनले कोरोना महामारीले थला परेको मुलुकको अर्थतन्त्रलाई उकास्न पनि फुकेटलाई खुला गर्नु जरुरी रहेको बताएका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-