नयाँ दिल्ली । छिमेकी देश भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ८४३ जना थपिएसँगै कोरोनाबाट मृत्यु हुने कुल संख्या ४ लाख २७१ पुगेको भारतीय मिडियाले जानकारी दिएका छन् ।
पछिल्लो ६५ दिनमा भारतमा २ लाख जनाको कोरोनाबाट ज्यान गएको छ। सन २०२० मार्च १२ मा भारतमा कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको थियो । त्यसको २०३ दिनपछि १ अक्टुबरमा १ लाख पुगेको थियो । २४ अप्रिल २०२१ मा मृत्यु हुने संक्रमतिको संख्याले २ लाख पार गरेको थियो । त्यो दोस्रो लहरको पिक अवस्था थियो । त्यसको २३ दिनपछि २० मे मा ३ लाख पुगेको थियो ।
पछिल्लो समय भारतमा संक्रमण र मृत्यु हुनेको संख्या पनि घटिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-