काठमाडौं १७ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३०० कायम भएको छ। यसैगरी आज प्रतितोला २० रुपैयाँले बढेको चाँदीको मूल्य १ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-