मोरङ १७ असार । लकडाउनको समयमा मापसे गरेर कार दुर्घटना गराई मजदुरको हत्या गरेको आरोपमा प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रोबिन कार्कीलाई अदालत पुर्पक्षका लागि कारागार पठाएको छ । २० जेठ साँझ विराटनगर ४ स्थित एयरपोर्ट मार्गमा मापसे गरेर तीव्र गतिमा कुदाएको प्रदेश ३ —०१—००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा उद्योगमा काम गरेर पैदलयात्रा फर्कदै गरेका मजदुर ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको आरोपमा सांसद पुत्र विराटनगर ५ का २४ वर्षीय कार्कीलाई बुधबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल पठाएको हो ।
बुधबार न्यायधिश सुर्दशन लामिछानको इजलासले आरोपी कार्कीलाई धरौटीमा छाडन इन्कार गर्दै थप पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेष्तेदार राजकुमार दहालले बताए । घटनामा मजदुर मोरङ कटहरीका गाउँपालिका २ का २२ वर्षीय राजकुमार राजबंशी घाइते भएका थिए ।
दुर्घटना गराएर फरार भएका सांसद पुत्र कार्कीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर सवारी ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई १० वर्षसम्मको कैद सजाय र एक लाख रुपैयाँसम्म जरीवाना माग गर्दै अभियोगपत्र अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-