यही असार २२ गतेदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई/दुई स्थानमा खोप केन्द्र तोकेको हो ।
दोस्रो डोज खोप असार २४ गतेसम्म दिइने कार्यालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-