काठमाडौँ १७ असार । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको दाबी छ ।
अहिले पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना छ जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको हो । यसबारे सूचना भने सार्वजनिक गरिएको छैन । पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको स्रोतले बतायो ।

प्रतिक्रिया लेख्नुहोस्:-