एजेन्सी । विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भए । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए ।
तर अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो । महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् । नयाँ सम्झौताका लागि छलफल जारी रहेको विश्वास गरिन्छ । यसको अर्थ मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।
उनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन सहितको चासो पनि छ । अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम तिर्नु पर्ने छैन । तर बार्सिलोना हाल समस्यामा रहेको र मेस्सीसँग नयाँ सम्झौताको छलफल जारी रहेकाले थप दुई वर्षको सम्झौता केही समय भित्रै हुन सक्ने दाबी सहितका खबर आएका छन् । ३४ वर्षका मेस्सीको नाम अमेरिकाको मेजर लिग सकर क्लबसँग पनि जोडिएको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-