काठमाडौं १६ असार। नेपाल बैंकर्स सघंले चिठ्ठाका नाममा नठगिन आम सर्वसाधारणलाई सचेत गरेको छ ।
पछिल्लो समयमा सामाजिक संजालमा विभिन्न किसिमका चिठ्ठा परेको र चिठ्ठा पाउन पहिला कर बापत पैसा कम्पनीलाई पठाउनुपर्ने भन्दै पैसा मागेर ठग्ने गिरोह बढेको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको र रकम पठाउनका लागि भन्दै खाता र व्यक्तिगत विवरण माग गर्ने गरी ठगी गर्ने क्रम बढको भन्दै सचेत गराएको हो ।
यस्ता सहयोग गर्ने बाहानामा खाताको गोप्य विवरण माग गर्ने र रकम चोरी गर्ने लगायतका ठगीका क्रियाकलापहरु बढेको भन्दै सतर्क रहन संघले बुधबार विज्ञप्ति जारी गरी आग्रह गरेका हो ।
त्यस्ता फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा सम्पर्क गर्न पनि संघले भनेको छ । साथै सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्नुहुन पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-