पोखरा १६ असार । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा हुने पोखरा स्पोट्र्स अवार्डको तयारी पुरा भएको छ ।
पोखरा रंगशालाको व्याडमिन्टन हलमा हुने पाँचौ स्पोटर्स अवार्डकालागि महिला तर्फ ३ तथा पुरुष तर्फ ३ खेलाडी मनोनयनमा परेका छन् ।
१३ औ दक्षिण एशियाली खेलकुद प्रतियोेगितालाई मुख्य आधार बनाइ अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । गिरीले विभिन्न ७ विधामा अवार्ड वितरण गर्ने योजना रहेको बताए ।
यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट भने पोखराको फुटबल विकासमा योगदान पुर्याएका केशव रञ्जित आनन्द लाई प्रदान गरिनेछ । उनी चाँदीको करुवा,ताम्रपत्र, अवार्ड र दोसल्लाले सम्मान हुनेछन् ।
वर्ष उत्कृष्ट पुरुष तर्फ करातेका नवीन रसाइँली, टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल रहेका छन् । महिला तर्फको वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा भने साइक्लिङका जमुना थापा, तेक्वादोकी पार्वती गुरुङ र प्रशंसा क्षेत्री परेकी छन् । वर्ष उत्कृष्ट खेलाडी महिला पुरुष दुवैतर्फ समान २–२ लाख रुपैँया, सम्मानपत्र, अवार्ड र दोसल्लाले सम्मान गरिनेछ ।

उदयीमान खेलाडीतर्फ पौडीका दुवाना लामा, लनटेनिसका प्रदिप खड्का र क्रिकेटर विपीन खत्री मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षक तर्फ फुटबलका किरण गुरुङ, पौडीका आनन्द कुवँर र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनयनमा रहेका छन् । उदयीमान खेलाडीलाई भने नगद ३५ हजार रुपैँयाको साथमा अवार्ड,सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट हुनेले ३५ हजार सहित अवार्ड,सम्मान पत्र र दोसल्लाले सम्मानित हुनेछ ।
कास्की जिल्ला आर्चरी संघ र वर्ष उत्कृष्ट खेल पत्रकारसंघ २०७६ र २०७७ बाट दुई पत्रकारलाई समान ३५ हजार रुपैँया सहित अवार्ड,सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । कोरोना महामारीका कारण अघिल्लो वर्ष स्थगित भएको यो वर्ष गर्न लागिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-