काठमाडौँ १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्य मान्यताको राजनीति नछाड्ने स्पष्ट पारेका छन् । नागरिक समाज र लेखकहरुसँग विपक्षी गठबन्धनले बुधबार गरेको अन्तक्रियामा नेता नेपालले व्यवस्था खतराउन्मुख रहेको भन्दै काँधमा ठूलो जिम्मेवारी रहेको समेत बताए । एमालेले गरेको कारबाही फुकुवा भएपनि उनले अहिलेको अवस्था हेर्दा व्यवस्थामाथि नै खतरा रहेको बताएका छन् ।
केपी ओली प्रवृत्तिको विरोध गरिरहेको भन्दै उनले अब पनि ओली प्रवृत्ति दोहोरिन दिन नहुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-