काठमाडौँ १६ असार । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौँ ल्याइएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ ल्याइएको हो ।
सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो ।

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडौँ ल्याइएको बताइएको छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-