काठमाडौं १५ असार। नेकपा एमाले जेठ २ मा फर्किने भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय भएको छ । सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए । त्यसमा असहमत माधवकुमार नेपाल पक्षले पनि देशभर समानान्तर कमिटीहरु बनायो ।
प्रतिक्रिया लेख्नुहोस्:-