२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ वृक्षारोपण दिवस–बाँझो जग्गा कृषि बनका रुपमा परिणत हुँदै

गण्डकी प्रेस
असार १४, २०७८ १९:५९ मा प्रकाशित
समाचार, समाज
सन्दर्भ वृक्षारोपण दिवस–बाँझो जग्गा कृषि बनका रुपमा परिणत हुँदै
53
SHARES
Share on FacebookShare on Twitter

पोखरा १४ असार । पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियान थालिएको छ ।
परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो ।
लामो समयदेखि बाँझीएको सो क्षेत्रको पाँच सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफि, सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिचि, तेजपात,अनार, लगायतका एक लाख भन्दा बढी विरुवा रोपिएको छ ।
कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालशोभा गुरुङका अनुसार नेपाल सरकारको बृक्षारोपण १० बर्षे रणनीति अनुसार २०७३ सालमा पाँच हजार अलैंचीका विरुवा रोपेर अभियान शुरु गरिएको हो ।
कुरदेखि, डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको पाँच सय रोपनी जग्गामा प्रत्येक बर्ष बिभिन्न प्रजातिका विरुवा क्रमिकरुपमा रोप्दै आएको उनले बताए । साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको छ ।
डिभिजन वन कार्यालय कास्कीले निशुल्क विरुवा उपलव्ध गराउनुका साथै ढुवानीको समेत व्यवस्था एवम् खाल्टा खन्न समेत आर्थिक सहयोग गर्दै आएपति स्थानीयवासी कृषकहरु आप्mनो जग्गालाई कृषि वनका रुपमा विकास गर्न उत्साहीत भएको समूहका सचिव जितबहादुर बस्नेतले बताए ।
“बाँझीएर जङगतमा परिणत भएको निजी जग्गामा लामो समयसम्म आम्दानी लिन सकिने र वातावरणमैत्री कृषि वनको रुपमा विकास गर्ने अभियानमा जुटेका छौं”, उनले भने, “शुरुका दिनमा लगाएको अलैंची र टिमुरका बोटले उत्पादन दिन थालेका छन् ।”
सो क्षेत्रमा छ बर्षको अवधिमा कूल ३५ हजार अलैंची, १० हजार कफी, एक हजार सात सय टिमुर, दुई हजार ५०० एभोकाडो, किवी एक सय,अम्वा दुई हजार, आँप एक हजार, लप्सी पाच सय, कुरीलो दुई सय र ठूलो परिणाममा राईखनियो, इपिलइपिल, पाउलोनिया लगायतका डालेघांसका विरुवा रोपिएको उनले बताए ।
वन कार्यालयले खाल्टा खन्नको लागि समूहलाई हालसम्म तीन लाख १५ हजार रुपैया उपलव्ध गराएको सचिव बस्नेतले राससलाई बताउनुभयो । कृषकले रोपिएका विरुवाको संरक्षणका साथै प्रत्येक बर्ष गोडमेल समेत गर्दै आएका छन् ।
समुन्द्री सतह एक हजार एकसयदेखि एक हजार तीनसयसम्मको उचाईमा रहेको सो क्षेत्रका कृषकहरु दवदवे हिलोमा खेत रोप्ने बेला बाँझो जग्गामा वृक्षारोपणका लागि झाडी फाडने, खाल्टा खन्ने र बृक्षारोपणमा व्यस्त देखिएका छन् ।
अर्मलाको लप्सीबाटमा बृक्षारोपण दिवस
वृक्षारोपण दिवस २०७८ को अवसरमा आज पोखरा १६ अर्मलास्थित लस्सीबोटमा जडिवुटी प्रजातिको टिमुरका विरुवा रोपियो ।
कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहको आयोजना एवम् डिभिजन वन कार्यालय कास्की कृषि वन प्रवद्र्धन तथा विस्तार कार्यक्रमको आर्थिक सहयोग वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले टिमुरको विरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण गरेर बढी भन्दा बढी फाईदा लिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
सो क्षेत्रमा यस बर्ष १५ हजार अलैंची, १२ हजार टिमुर, पाँच हजार कफि, कुरीलो दुई सय ५० र अन्य अम्वा, आँप, अनार, लिची, कागती र डालेघाँस गरि कूल ३३ हजार विरुवा रोप्ने कार्यक्रम रहेको छ ।
वृक्षारोपण कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वन निर्देशक केदारनाथ पौडेल, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, सव डिभिजन वन कार्यालय कुँडरका ममता शर्मा, लगायत स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए